काठमाडौं, पुस । सोमबार काठमाडौंलगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यही क्रममा सिंहदरबारको पश्चिम गेट अघिल्तिर रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगेको टोलीमाथि प्रहरीले अवरोध गर्ने प्रयास गरेको छ ।
बाजागाजासहित माल्यार्पण गर्न पुगेकालाई प्रहरीले रोकेपछि केहीबेर तनाव भएको र धकेलाधकेल भएको हो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केहीसमय नाराबाजी भएको थियो ।
पृथ्वीनारायण शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।