काठमाडौं, पुस । नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमले प्रतिनिधिसभा विघटनलाई संवैधानिक भएको बताएका छन । विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेका त्यसलाई असंवैधानिका भन्न नहुने उनको भनाइ छ ।
उनले भने, ‘मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन ।’
अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आफूले यसलाई असंवैधानिक नभन्ने उनको तर्क छ । ‘यो विषय संवैधानिक विषय हो भनिसकेपछि पुनर्स्थापना भए पनि असंवैधानिक भएर पुनर्स्थापना भयो भन्ने छैन ।’ असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नुहने नेता गौतमको भनाइ छ ।
संविधानभित्रको विषय आफूले भने बमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने उहाँको भनाइ छ ।
उनले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राखे।
राष्ट्रिय सभा बैठकमा गौतमले पहिलो पटक आफ्नो धारणा राख्नुभएको हो । यसअघि बसेको बैठकमा उहाँले आफ्नो धारणा राख्न पाउनुभएको थिएन ।