काठमाडौँ, पुस । राष्ट्रियसभाको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्दैछ। यसअघि पुस १७ गते पहिलो बैठक बसेको थियो।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।
त्यस्तै राष्ट्रियसभाको विषयगत समितिका सदस्यहरुको पनि हेरफेर गर्ने कार्यक्रम रहेको छ। यसअघि बसेको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनको चर्को आलोचना गरेका थिए।