२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रदेश २ मा नेकपा संसदीय दलको नेता परिवर्तन, शत्रुधन महतोलाई जिम्मेवारी

मंगलवार , पौष २१, २०७७

जनकपुर , पुस ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई धारमा विभाजित भएसँगै प्रदेश २ मा सो पार्टीको संसदीय दलको नेता परिवर्तन गरिएको छ ।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको हो । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् ।

सोही बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् ।

बैठक लगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार