२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकारविरुद्ध आन्दोलन : बयलगाडा, कालोझण्डा देखाउने र प्रधानमन्त्रीको पुत्ला जलाउने

मंगलवार , पौष २१, २०७७

काठमाडौँ, पुस । प्रचण्ड – माधव पक्षको अनेरस्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

बागबजारमा आज प्रत्रकार सम्मेलन गरी अनेरस्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो ।

अनेरस्ववियले आजैबाट सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने जनाएको छ। ९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार