२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

सोमवार , पौष २०, २०७७

काठमाडौं, पुस । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । उक्त समूहका

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा १२ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको एक नेताले बताए । आइतवार बसेको बैठकले गरेका निर्णयहरुमा थप छलफल गर्न आज बैठक बसेको हो ।

प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि भारततर्फ गएका छन् । प्रचण्डको अनुपस्थितीमा नेपालको एकल अध्यक्षतामा बैठक बसेको हो ।

आइतवारको बैठकले नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ । आज त्यसै विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार