काठमाडौं ,पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।
पत्नी सीताको उपचारका लागि अध्यक्ष दाहाल पनि उनीसँगै भारत प्रस्थान गरेका छन्। पछिल्लो समय सीताको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो।
तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारत लगिएको हो।