२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओलीले भने : "निर्वाचन तोकिएकै मितिमा हुन्छ, भ्रममा नपराैँ"

आइतवार , पौष १९, २०७७

काठमाडौं, पुस  । आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकिएकै मितिमा हुने हुनाले कसैको भ्रममा नपर्न प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका  छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को भेलालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन।

निर्वाचन नेपाली जनता र देशको आवश्यकता भएकाले तोकिएकै मितिमा निर्वाचन हुने उनले प्रष्ट पारे । “देशलाई अलमलमा राख्न सकिदैन, त्यसैले निर्वाचन तोकिएकै मितिमा हुन्छ” उनले भने । सरकारको राम्रो कामलाई छोपछाप पार्ने काम पार्टी भित्रबाटै भएको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई खुइ ल्याउने काममा मात्र केही नेताहरु लागेको बताए ।

“गएको वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म खुमलटारमा पार्टी फुटाउने षडयन्त्रका २८० वटा बैठक बसेको रेकर्ड छ” उनले भने । ३५ वटा बैठक खुमलटार बाहिर बसेको रेकर्ड आफूसँग रहेको बताए । “पार्टी फुटाउने, सरकारलाई काम गर्न नदिने, नेतृत्वलाई झुठा आरोप लगाएर खुइल्याउने काम भयो” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रियता कमजोर पार्न, पार्टी कमजोर पार्न र सरकारको कामलाई कमजोर पार्ने षडयन्त्रमात्र उनीहरुबाट भयो ।”

प्रचण्ड–माधव पक्षले तीन वर्षमा षडयन्त्रबाहेक केही नगरेको उनले टिप्पणी गरे । ” महिलामाथिको अपमान गर्न छुट कसैलाई नभएको बताउनुहुँदै अध्यक्ष ओलीले सडकमा लागेका नारा सुन्नै नसक्नेखालका रहेको बताए । पार्टी फुट हुनबाट जोगा

यो देशलाई भत्किन र विग्रन नदिइने बताउँदै प्रधानमन्त्री ओलीले भने, “नेपाली भूमि नक्सामा छापे जस्तै ससम्मान फिर्ता ल्याउँछौं, विग्रे भत्केका चिजको निर्माण गर्छौं ।” मुलुकको आर्थिक समृद्धि कसैले रोकेर नरोकिने उनले प्रष्ट पारे । देशभक्तिपूर्ण, लोकतान्त्रिक, शान्तिपूर्ण र भ्रष्टाचार विरोधी विचार लिएर सरकार अगाडि बढिरहेको उनले चर्चा गरे ।

“सूर्य चिन्ह पाइँदैन कि कतिपय साथीहरुमा चिन्ता देख्छुँ, हामीले नपाएर कसले पाउँछ ? ” प्रष्ट पार्दै अध्यक्ष ओलीले भने, “आउनुस् बैठकमा, तपाईहरुको अपराधलाई हामी क्षमा गर्छौं, अध्यक्ष र वरिष्ठ नेताहरुको पद कायमै राखेका छौं आउनुस् ।” पार्टी प्रवक्ताले दुर्गन्ध फैलाउने काम गरेकाले हटाइएको उनले प्रष्ट पारे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार