२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली पक्षको काठमाडौंमा कार्यकर्ता भेला हुँदैं : 'ओलीले सम्बोधन गर्ने'

आइतवार , पौष १९, २०७७

काठमाडौं, पुस  । संसद विघटन पछि दुई टुक्रा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको भेला, सम्मेलन गर्ने होड नै चलेको छ ।

कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूह र दाहाल-नेपाल समूहले देशभर विभिन्न भेला तथा सम्मेलनको आयोजना गरी कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । त्यस्तै केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ ।

भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ । शनिबार आफूपक्षीय काठमाडौं जिल्लाका कार्यकर्तालाई ओलीले सम्बोधन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार