काठमाडौँ, पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्धन नै अहिलेको अभिभारा रहेको बताएका छन ।
उनले थपे, प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको बताए । मेलमिलाप दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा उनले भने, जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको सान्दर्भिक रहेको उल्लेख गरे ।
‘प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं,’ उनले भने, ‘जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता हो ।’
विभिन्न समुदाय र हिमाल, पहाड र तराईबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान रहेको देउवाको भनाइ छ ।
बीपी कोइरालाले लिएको मेलमिलापको नीतिकै जगमा ०४६ सालको परिवर्तन सम्भव भएको जनाउँदै देउवाले उक्त नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको बताए ।
उनले भने, प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको बताए ।
मेलमिलाप नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि देउवाको भनाइ थियो ।