२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्य

बुधवार , पौष १५, २०७७

काठमाडौं, पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

नेकपाको पेरिस डाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बागमती प्रदेशको संसदीय दलको बैठकले नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो।

गत पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दाहाल- नेपाल समूहले पौडेललाई संसदीय दलको नेताबाट हटाएको हो।

उक्त समूहले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्तावित पनि गरेको छ। पौडेलले भने सोमबार उपनेता शालिकराम जम्कट्टेलाई पदबाट हटाएका थिए भने सचेतक बुद्धिमान माझीलाई पनि पदमुक्त गरेका थिए।

बागमती प्रदेशका ४५  सांसदले पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। बागमती प्रदेशमा ११० सांसद छन्। यसमध्ये ८१ नेकपाबाट छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार