रोल्पा, पुस । बैशाखमा हुाे भनीएकाे संङघीय चुनाव नहुने दावी नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले गरेका छन । उनले भनेका छन, केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने उहाँकाे दबी छ ।
बुधवार राेल्पाको लिवाङ पुगेका पुन (अनन्त) ले सञ्चारकर्मीसँग भने, प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने छैन भन्दै आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको उनले बताए ।
इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’
यद्यपि ओलीले सैनिक सत्ता–संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ । उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’, प्रचण्ड–माधव समूहका नेता पुनले अघि भने, ‘वर्षौंसम्म राजाको सैनिक सत्ता, संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’
आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनले बताए । ‘नभए जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला,’ पुनले चेतावनी दिए ।
प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिएको भन्दै उनले राष्ट्रपतिको पनि आलोचना गरे । साथै मध्यावधि निर्वाचन घोषणा गरेपछि सरकारलाई कामचलाउ नगर्नु संविधान उल्लंघन भएको नेता पुनले बताए ।