२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

चिनियाँ टोलीको अध्यक्ष प्रचण्ड र नेपालसँग भेट

सोमवार , पौष १३, २०७७

काठमाडौं, पुस  । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको टोलीले सोमबार विहान छुट्टाछुट्टै भेट गरेको छ ।

सो टोलीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा गएर भेटवार्ता गरेको थियो भने नेपाललाई नयाँ बानेश्वरमा भेट गरेको हो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्डसँग चिनियाँ टोलीले समसामयिक नेपाली राजनीतिको विषय तथा दुई देशबीचको सम्बन्धका विषयमा परामर्श भएको हो ।

करिब एक घण्टा भएको भेटमा अध्यक्ष प्रचण्डले दुई देश बीचको सम्बन्धलाई थप उपचाईमा पु¥याउने विषयमा आफू र आफ्नो पार्टी सदैव सचेत रहने बताउनुभएको थियो । चिनियाँ टोलीले नेकपा भित्रको फुट र समाधानका विषयमा चासो राखेको बुझिएको छ । विहान साढे नौ बजे चिनियाँ टोलीका सदस्य प्रचण्ड निवास खुमलटार पुगेको थियो ।

सोहीअनुसार नेता नेपालसँग चिनियाँ टोलीको प्रतिनिधिमण्डलले विहान ११ बजे नयाँ बानेश्वरस्थित होटल इभरेष्टमा करिब एक घण्टा छलफल गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

भेटमा चिनियाँ टोलीले वर्तमान नेपाली राजनीतिको विषयमा चासो राखेको बताइएको छ । चार सदस्यीय चीनियाँ टोलीका प्रतिनिधिले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार