२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसकाे बिरोध प्नदर्शन आज

प्रतिनिधि सभा विघटनकाे बिरोध : "आज १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्दै"

देउवा भक्तपुरमा सहभागि हुने

सोमवार , पौष १३, २०७७

काठमाडौं, पुस  । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको बिरुद्ध आज १६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ । कांग्रेसले सम्वन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारलाई नै आआफ्नो निर्वाचन क्षेत्रमा हुने बिरोध कार्यक्रममा सहभागि हुन निर्देशन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने मंगलबारको प्रदर्शनमा भक्तपुरमा सहभागि हुनेछन् । उनी कार्यव्यस्थताका कारण गृह जिल्ला डडेलधुरा नजाने भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन  ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सभापति देउवाले भक्तपुर क्षेत्र नम्बर २ को बिरोध प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिए । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनमा सहभागि हुनेछन ।

उनी आजै त्यसतर्फ लागेका छन । यसैगरी महामन्त्री डा. शशांक कोइराला नवलपरासीबाट प्रदर्शनमा सहभागी हुने छन् । उनी आफ्नै निर्वाचन क्षेत्र नवलपरासी १ बाट प्रदर्शनमा सहभागी हुने भएका हुन ।

सहमहामन्त्री डा. प्रकाशशरण महत काठमाडौं ५ मा प्रदर्शनमा सहभागी हुनेछन । यस्तै केन्द्रीय सदस्य गगन थापा नेपालगंजबाट विरोध प्रदर्शनमा सहभागी हुँदै छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार