२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रचण्डले आफू निकट कर्मचारीलाई आइतबार प्रशिक्षण दिने

आइतवार , पौष १२, २०७७

काठमाडौँ, पुस ।  नेकपाकाे एक खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा आफू निकट कर्मचारीहरुलाई प्रशिक्षण दिँदैछन्।

बबरमहलस्थित कार्की बैङ्क्वेटमा दिउँसो साढे ई बजेदेखि प्रचण्डले कर्मचारीलाई प्रशिक्षण दिन लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

उनका अनुसार प्रशिक्षण पछिल्लो राजनीतिक घटनाक्रमको यथार्थ र आगामी दिनका रणनीतिमा केन्द्रीत हुने छ।

आइतबार नै प्रचण्ड -माधवकुमार नेपालको यो खेमाले ७७ जिल्लामा भेला आयोजना गर्दैछ।

प्रचण्डले सम्भवत सोमबार चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्दै आउने नेताहरुसँग छलफल गर्ने छन्।

यो खेमाको यही पुस ७ र ९ गते बसेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार आइतबार प्रशिक्षण र भेला आयोजना गर्न लागिएको हो।

ओलीले संसद विघटन र पार्टीविभाजन गरेर मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकलेको यो खेमाको आरोप छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार