२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

दाहाल नेपाल समूह : " आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने"

आइतवार , पौष १२, २०७७

काठमाडौं, पुस  ।  प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । 

चरणबद्ध आन्दोलनको घोषणा गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले कार्यकर्ता अभिमूखिकरणका लागि आज देशभर  भेला गर्न लागेको हो ।

नेकपाको यो समूहले आगामी मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् । हिजो बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजित भएको नेकपाको दाहाल नेपाल समूह संसद् पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार