काठमाडौँ, पुस । सत्तारुढ नेकपा विभाजिन भएका बेला चिनियाँ उप–मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।
टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यतालिका छ ।
प्रतिनिधि सभा नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विशेष अपिल गर्ने उनको तयारी छ । नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ ।
नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गरेकी थिइन् ।