काठमाडौं, पुस । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमबिरुद्ध पुस १३ गते कांग्रेसको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।
तरुण दलले पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यतासाथ मनाउन पनि सबै जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।
तरुण दलले पुस १६ गते कुनै कार्यक्रम नजुधाउन र विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन परिपत्र गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ७७ वटै जिल्लाका तरुण दल समितिहरुलाई उक्त निर्देशन दिएको हो।
