२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रचण्ड–नेपाल समूह : "संसद् विघटन विरुद्ध निस्क्यो सडकमा"

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, पुस  । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडकमा निस्किएको छ । नेकपाका शीर्ष नेताहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा पुगेका छन् । प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेतृ रामकुमारी झाँक्रीले बताइन् ।

उनले संसद् पुनस्र्थापना नभएसम्म सडकमै रहने बताइन् । विद्यादेवी भण्डारी र केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताइन् ।

उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।

निवर्तनमान मन्त्री शक्ति बस्नेतले नेकपाका दुई तिहाइ सदस्य सडकमा रहेकाले अहिले पार्टीको वैधानिकताका विषयमा बहस गर्नै जरुरी नभएको बताए । उनले प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेकाले सडकमा आउनुपरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार