२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली समूह केन्द्रीय कमिटी बैठक बालुवाटारमा : 'गृहमन्त्री थापा पनि सहभागी'

बिहिवार , पौष ९, २०७७

काठमाडौं, पुस ।  नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ । प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो ।

बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएको केन्द्रीय सदस्य बद्रिविशाल पोखरेलले जानकारी दिए ।

आजको बैठकले सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा अध्यक्ष ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

अल्पमतमा परेको ओली समूहको गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो ।

एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन । गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार