काठमाडौं, पुस । नेकपाको प्रचण्ड-माधव समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। महासचिवको टुंगो लगाउन बसेको शीर्ष नेताहरूको बैठकमा पाण्डेलाई महासचिव बनाउने सहमति भएको हो।
बबरमहलस्थित कार्की ब्यान्क्वेटमा केही बेरमा हुने केन्द्रीय कमिटी बैठकले पाण्डेलाई महासचिव बनाउने निर्णय गर्ने बताइएको छ। महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताको दाबी थियो।
हासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताको दाबी थियो।