२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली समूहलाई छोडेर शेरबहादुर तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किए

बिहिवार , पौष ९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टी विवादमा प्रधानमन्त्री केपी ओली समूह छोडेका छन् । 

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै नेता तामाङ र उनकी पत्नी उशाकला राईले ओली समूह छोडेको जानकारी दिएका हुन् । ओली समूह छोडेसँगै पार्टी विवादमा उनीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा फर्किएका छन् । 

नेता तामाङ बिहीबार कार्की ब्याङ्केटमा हुने प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी हुनेछन् । ​यसअअघि प्रदेशसभा सदस्यसमेत रहेकी उशाकला राईले ओली समूहले केन्द्रीय कमिटीमा गरेको मनोनयन अस्वीकार गरेकी थिइन् । 

प्रधानमन्त्री ओली समूहको संसदीय दलको बैठकमा समेत सहभागी भएका सांसद तामाङ प्रचण्ड नेपाल समूहमा फर्किएका हुन् । 

जिल्लामा प्रचण्ड–नेपाल समूहको वर्चश्व  र कार्यकर्ताको दबाब थेग्न नसकेर नेता तामाङ यो समूहमै फिर्ता भएको निकट स्रोतको दाबी छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार