२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : " आज पनि बस्दै "

बुधवार , पौष ८, २०७७

काठमाडौं, पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि बस्दैछ । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक पुनः बस्न लागेको हो ।

मंगलबारदेखि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका थिए ।

बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार