२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजवादी पार्टी : 'संसद विघटनविरुद्ध पुस ८ देखि १२ सम्म आन्दोलन"

मंगलवार , पौष ७, २०७७

काठमाडौं, पुस  । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले  आन्दोलनकाे घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको जनाइएकाे छ । 

जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले संसद अहिले पनि जीवित रहेको निश्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार