काठमाडौं, पुस । अलग अलग बैठक गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
साे बैठकले नयाँ अध्यक्ष माधवकुमार नेपाल बन्ने तय गरेकाे छ । आफू पक्षीय केन्द्रीय सदस्यको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ ।
पार्टी विधान अनुसार, प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् । महासचिव भने तोकिएको छैन ।
प्रचण्ड–माधव समूहका नेताले महासचिव पौडेल नै बैठकमा आउने अपेक्षा गरिएको बताए । उनी नआए अध्यक्षले माइन्यूट उठाउने छन् ।