काठमाडौं, पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक बबर महलमा सुरु भएको छ।
केन्द्रीय समिति बैठक बस्नुअघि प्रचण्ड, नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो । बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रघुवीर महासेठ पनि सहभागी छन्।