२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा ओली समूह बैठक निर्णय : "पार्टीमा आफूहरु वैधानिक "

मंगलवार , पौष ७, २०७७

काठमाडौं, पुस । नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ ।

आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’

पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ । उनले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबी समेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार