२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मेस्सीले भने–बार्सिलोना छोड्ने असफल प्रयासको असर प्रदर्शनमा पनि पर्‍यो

मंगलवार , पौष ७, २०७७

काठमाडौँ, पुस  । बार्सिलोना छोड्ने आफ्नो असफल प्रयासले अहिलेको सिजन प्रदर्शनमा प्रभाव परेको लियोनल मेस्सीले बताएका छन् ।

गएको अगस्टमा मेस्सीले क्लब छोड्न चाहेको भन्दै बार्सिलोनालाई पत्र बुझाएका थिए । तर सम्झौतामा रहेको नियमका कारण उनी बाध्य भएर बार्सिलोनामै बसे ।

त्यसको प्रभाव यो सिजनको सुरुमा परेको मेस्सीले बताएका छन् । स्पेनिस टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले हाफू ठीक अवस्था रहे पनि समरमा भने निकै खराब समय बिताएको उल्लेख गरेका हुन् ।

मेस्सीले यो सिजन बार्सिलोनाका लागि १७ खेलमा ९ गोल गरेका छन् ।

मेस्सी यो सिजनको अन्त्यसँगै बार्सिलोना छोड्न स्वतन्त्र हुने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार