२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बादल भेट्न दाहाल पुल्चोक पुगे

मंगलवार , पौष ७, २०७७

काठमाडौं, पुस  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ ।

हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उहाँलाई भेट्न मन्त्री क्वाटर पुग्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात मन्त्रीले सामुहिक राजिनामा दिए पनि बादलले  दिनुभएको छैन् । तसर्थ बादलको साथ कसलाई हो भन्ने अझसम्म खुल्न सकेको छैन् ।

बादलले आफू निकट २४ सांसदलाई बोलाएर हिजो परामर्श गरे । अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएाका थिए । आफू निकट सांसद पनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा बादल हुनुहुन्छ ।

बादल प्रधानमन्त्री ओलीको साथमा रहेको बताइन्छ । आज दुवै अध्यक्षले बेग्ला बेग्लै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । पूर्व माओवादीसमेत रहेका बादलले कता साथ दिन्छन् बुझ्न दाहाल बादल भेट्न पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार