२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओलीले बोलाए मंगलबार विहान ९ बजेका लागि नेकपाको केन्द्रीय समिति बैठक

सोमवार , पौष ६, २०७७

काठमाडौं, पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।

यसअघि आइतबार ओली पक्ष सहभागि नभएको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

पुष्पकमल दाहालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

दाहाल–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अगावै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार