२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देशवासीमा नाममा सम्बोधन

म बाहिर रहेको बेला देश डुब्न लाग्यो भन्दै प्रचार गरियो : प्रधानमन्त्री

संसद विघटन आकस्मिक होइन

सोमवार , पौष ६, २०७७

काठमाडौं, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहले प्रचार गरेको आरोप लगाएका छन् ।

देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।  उनले एक अध्यक्षले पार्टी र अर्को अध्यक्षले सरकार चलाउने भने पनि सो अनुरुप पार्टी चल्न नसकेको बताए । 

उनले भने,“यो बीचमा पार्टी एकताका काम कति भए । जनता संकटमा रहेका बेला जनपरिचालन कति भयो । यो सबै देखिएकै छ ।”

प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार