२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसद विघटनविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन

सोमवार , पौष ६, २०७७

काठमाडौं, पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले  संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेता पनि पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार