२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

'संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन' : प्रधानमन्त्री ओली

सांसदहरुसँग बालुवाटारमा छलफल

सोमवार , पौष ६, २०७७

काठमाडौं, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदसँग बालुवाटारमा सोमबार बिहान छलफल गर्दै आफूले गरेको संसद विघटनको निर्णय सर्वोच्चले उल्ट्याउन नसक्ने चेतावनी दिएका छन्।

उनले सांसदहरुसँग भने, ‘मैले संसदको ६४ प्रतिशत बहुमतका आधारमा यो निर्णय गरेको छु, यो निर्णयलाई अदालले उल्ट्याउन सक्दैन।’

आफूलाई पार्टीका कारण सरकारमा रहेर  काम गर्न नदिइएकाले आफूले यो निर्णय गर्नुपरेको उल्लेख गर्दै उनले पार्टी फुटाउने आफ्नो कुनै मनशाय नरहेको पनि स्पष्ट पारेका छन्।

‘काम गर्न नदिइए पछि मैले बाध्य भएर यो निर्णय गरेको हुँ,’ उनले भने। अझै पनि आफू एकताबद्ध भएर पार्टीकै पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म कहिल्यै पनि पार्टी एकताको विपक्षमा छैन।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार