२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सुरक्षा प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री ओली

आइतवार , पौष ५, २०७७

काठमाडौं, पुस । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुहरूलाई छलफलका लागि ५ बजे बालुवाटर बोलाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुरक्षा निकायका प्रमुखसँग छलफलका लागि उनीहरूलाई बालुवाटार बोलाइएको हो।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसका कारण सुरक्षामा आउन सक्ने चुनौतीका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने सुरक्षा प्रमुखसँगको छलफल नियमित भएको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार