२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टबाहेक प्रचण्ड-माधव समूहका मन्त्रीको सामूहिक राजीनामा

आइतवार , पौष ५, २०७७

प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड-माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ संयुक्त राजीनामा पत्रमा भनिएको छ ।

राजीनामा दिनेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री वीना मगर छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार