२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसद विघटन गरी २०७८ साल बैशाख २३ गते निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव(अपडेट)

आइतवार , पौष ५, २०७७

काठमाडौं, पुष  । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गर्नुभएको हो ।

आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघट

संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदर गरिदिनुभएमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।

संयोग के परेको छ भने नेपालको नयाँ संविधानमार्फत् गराइएको बहुदलीय प्रतिष्पर्धाअन्तर्गतका सबै संसदले अकालमै मृत्युवरण गर्नुपरेको छ ।

२०१५ सालको संविधानअन्तर्गत गराइएको निर्वाचनपछि बनेको निर्वाचित संसद २०१७ सालमा राजा महेन्द्रको कू पछि अकालमै मारिएको थियो ।

२०४७ सालको संविधानपछि बनेको पहिलो संसद २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक रडाकोका कारण मृत्युवरण बाध्य भएको थियो ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गराउन नसकेपछि मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै संसद विघटन गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार