२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रदेश १ गुटगत भेला पेरिसडाँडामा : ' दाहाल र नेपालले सम्बोधन गर्ने'

शुक्रवार , पौष ३, २०७७

काठमाडौं,  पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले उग्र रुप लिएसँगै गुटगत भेलाले तिब्रता पाएको छ । केहि दिन विद्यार्थी संगठनको गुटगत भेला गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट समुहले आज प्रदेश नम्बर १ को भेला गर्ने भएको छ। 

पेरिसडाँडास्थित नेकपाकै पार्टी कार्यालयमा आज प्रदेश नम्बर १ को भेला तथा छलफल कार्यक्रम हुन लागेको हो । दिउँसो १ बजे आयोजना हुने कार्यक्रमलाई नेकपाका कार्यकारी अध्यक्ष दाहाल वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रदेश कमिटीका सचिव सुरेशकुमार राईले दिउँसो आयोजना हुने भेलामा प्रदेश १ का सबै जिल्लाका अध्यक्ष, सचिवहरुको सहभागिता रहने छ।

त्यस्तै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद उपस्थित हुने कार्यक्रम रहेको छ। भेलामा उपत्यकामा रहेका प्रदेश १ का पार्टी कमिटीका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहने बताइएको छ। 

पार्टीभित्र अहिले देखिएको समस्याका बारेमा नेता कार्यकर्तालाई जानकारी दिन भेला आयोजना गरिएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार