काठमाडौं, पुस । अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मात्र अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । र, दलकाे स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।
तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट भएकाे छैन । अध्यादेश फिर्ताको सूचना पखेर बसेका बेला प्रधानमन्त्री ओलीले बिहीबार नै संवैधानिक बैठक बोलाए ।
बैठक बस्ने तय भएकाे खबर शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले गराएको जनाइएकाे छ । बैठक किन बोलाइएको भन्ने खुलेको छैन ।
यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ । तर कांग्रेस सभापति देउवा भने नजाने संभावना रहेकाे उनी निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।