२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा िबबाद

नेकपा असन्तुष्ट सांसद शितल निवास : " संसदको विशेष अधिवेशन माग "

हस्ताक्षरसहित पत्र शितल निवासले बुझ्न मानेन

बुधवार , पौष १, २०७७

काठमाडौं, पुस । दलीय छलफल बिना नै सरकारले संवैधानिक परिषद्सम्वन्धि अध्यादेश ल्याएपछि असन्तुष्ट बनेका सत्तारुढ दल नेकपाका सांसद संघीय संसदको विशेष अधिवेशनको मागसहितको पत्र लिएर राष्टपति भवन शितल निवास पुगेका छन। प्रधानमन्त्री के पी  अाेलीले साे पत्र फीता गराउन अध्यक्ष प्रचन्लाइ अाग्रह गरेकाे स्राेतले जनाएकाे छ । 

तर राष्टपति कार्यालयले भने असन्तुष्ट नेकपाका सांसदले लगेको हस्ताक्षरसहितको पत्र बुझ्न मानेको छैन। पत्र बुझ्ने सचिव नै मोबाइलको स्वीच अफ गरेर सम्पर्क बिहिन बनेका छन।

विशेष अधिवेशनको मागसहित पत्र लिएर जानेमा नेताहरु भीम रावल र पम्फा भुषालसहितको समूह छ। राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले पत्र बुझ्न नेतालाई समय नदिएको शितल निवास पुगेका नेकपाका एक सांसदले जानकारी दिए।

उनले सचिव पौडेलको मोवाइल अफ रहेको जनाएका छन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार