काठमाडौं, मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनले मंगलबार यो अध्यादेश जारी गरेकी हुन् । यो पहिलो संशोधन हो । यस संशोधनसहित जारी गरिएको अध्यादेशमा केके विषय संशोधन गरिएको छ भन्नेबारे थप जानकारी आउन बाँकी छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सदस्यका रुपमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।
मंगलबार विहान परिषद्को बैठक डाकिएकोमा सभामुख अग्निप्रसाद सापकोटा सहभागि नहुँदा कोरम नपुगेका कारण बैठक बस्न सकेको थिएन ।