२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसले देशभर व्यापक बिरोध प्नदर्शन

सभापति देउवा हेटौंडामा भने : "जनता कम्युनिस्ट सरकारबाट वाक्क भइसके, मुक्ति चाहन्छन"

सरकारकै कारण राजा आउ भन्ने बढे

सोमवार , मंसिर २९, २०७७

काठमाडौं, मंसिर। नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सर्वसत्तावादी सरकारलाई सचेत बनाउन सडकमा ओर्लिएको नेपाली कांग्रेसले देशभर व्यापक बिरोध प्नदर्शन गरेको छ। देशभर प्रदर्शन गरेको कांग्रेसका सभापति शेरबहादुर देउवा भने हेटौंडामा पुगेर जनसभालाई प्रदर्शन गरेका छन्।

चुनाव अघी कम्युनिष्टले जीते रुन पनि नपाइने भनेर अभिव्यक्ति दिएका देउवाले आज सोहि कुरा सम्झाउँदै भने अहिले रोए पनि किन रोएको भनेर जेल हालिदिने स्थिति बनेको छ। सरकारकै कारण राजा आउ भन्ने आवाज बढ्दै गएको सभापति देउवाले बताए।

देउवाले भने, 'अहिले मानिसहरु सडकमा राजा आऊ देश बचाऊ भनेर हिँड्दै छन्। यो सबै कम्युनिस्ट सरकारबाट आजित भएर मानिसहरुले त्यस्तो भनिरहेका छन्।’ उनले सरकारकै कारण गणतन्त्र खतरामा परेको बताए ।

पार्टी सभापति देउवाले सम्वोधन गर्नुअघी उनीसँगै हेटौंडा पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दै सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न चेतावनी दिएका थिए।

शर्माले कोरोना भाइरसको महामारीका बेला कांग्रेस सडकमा आउनुको कारण १ लाख रुपैयाँ अस्पतालमा जम्मा गर्न नसकेर ज्यान गुमाउनेका नेपालीको जिम्मेवार को हो भन्दै प्रश्न उठाउँन सडकमा आएको बताए ।

उनले किन सरकारले कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टिन व्यवस्थापन भएन,किन काठमाडौंको सडकमा सुर्यबहादुर तमाङलगायतले भोक भोकै ज्यान गुमाए ? कांग्रेस यस्तै प्रश्न गर्न सडकमा आएका शर्माले बताए।

उनले भनेका छन्, एमाले र माओवादीलाई भोट दिने साथीहरु के जनता मरिरहँदा बालुवाटारमा यस्तै होस् भन्नका लागि दिनु भएको थियो। कोरोना भाइरसको माहामारीका बेला देशमा जनता स्वास्थ्य सेवा नपाएर, खाना नपाएर ज्यान गुमाइरहँदा नेकपाको सरकार सत्ता तानातान गरिरहेको उनले बताए।

नेता शर्माले जताततै भ्रष्टाचार भइरहेका बेला यसको रोकथाम र निष्पक्ष छानबिनका लागि कांग्रेस सडकमा आएको बताए। बुढीगण्डकी नेपालीको लगानीमा बनाउने निर्णय भएको तर नेकपा सरकारले चीनको एक विवादास्पद कम्पनीलाई बीना प्रतिस्पर्धा दिइयो यो भ्रष्टाचार होकी हैन् उनले कार्यक्रममा प्रश्न गरे।

त्यस्तै उनले ७० करोडको कमिसनदेखि कात्रोदेखि स्वासप्रश्वासको औषधिमा सरकारले भ्रष्टाचार गरेको आरोपको जवाफ माग्न आएको बताए।

देउवाको भाषणको  अंश :

वास्तवमा सडकमा भेला गराएर जनतालाई अप्ठ्यारो पार्ने हाम्रो उद्देश्य होइन । यातायात बन्द.. त्यो पनि हाम्रो उद्देश्य होइन । तर, बाध्य भएर हामीले आन्दोलन, विरोधसभा गरिरहेका छौं । यो बाध्यात्मक कुरा हो । हामीले केही गरेनौं भने पनि गरेन भन्छन्, गर्‍यो भने पनि यस्तो भदिन्छन् ।

प्रजातन्त्रका नाममा ढुंगा हान्ने, मानिसलाई दुःख दिने, पसलहरु बन्द गराउने, सडकहरु बन्द गराउने, सडकमै आमसभा गर्ने हाम्रो उद्देश्य होइन । तर, आज हामी बाध्य भएर गरिरहेका छौं । यसमा नेपाली कांग्रेसका तर्फबाट म सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुमा माफी चाहन्छु ।

मैले कम्युनिस्ट पार्टी एक हुँदाखेरि भनेको थिएँ, कम्युनिस्टहरुले जितेपछि बोल्न पाइने छैन । हाँस्न पाइने छैन । रुन पनि पाइनेछैन भनेको थिएँ मैले । आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन । रुन थाल्यो भने पक्रेर लैजान्छ । चाहे कोरोनाले रोओस् वा जुनसुकै कारणले रोओस् । यहाँ रुनु पनि आफ्नो खिलाफमा लाग्छ ओलीलाई । त्यस्तो किसिमको अवस्था छ आज । एकदलीय सर्वसत्तावादी शासन लागु गरेको छ कम्युनिस्टको सरकारले ।

त्यसैकारण आज हाम्रो अगाडि धेरै ठूलो चुनौती छ । चुनौतीको सामना पनि आज हामीले गर्नुछ । मैले ओलीलाई भनेको थिएँ, कोरोना संक्रमण रोक्नका लागि तपाईलाई हाम्रो विनाशर्त सहयोग रहन्छ । हामीले हाम्रो तलबको पनि आधा भाग दियौं । दसैं खर्च पनि हामीले सरकारलाई बुझायौं । कम्युनिस्ट माननीयहरुले दिन बाध्य भए । मैले भनेको थिएँ कोरोनासँगको लडाइँमा हाम्रो पूरा पूरा साथ रहन्छ । तर, उनीहरुले त कोरोनामा पनि घुस खाने काम गरिरहेका छन् ।

आज ओलीको सरकार बनेपछि, कम्युनिस्टको सरकार बनेपछि यति बलात्कारहरु भएका छन्, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको छ । शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । पक्डनै चाहँदैन । उसको पार्टीको मान्छे संलग्न छैन भने किन पक्राउ गर्दैन ? यसबाट स्पष्ट हुन्छ, आज बलात्कारका घटना बढेका छन् भने ओली सरकारको कारणले बढेका छन् । कम्युनिस्ट सरकारका कारणले बढेका छन् ।

आज देशमा सरकारले एकतर्फी शासन, एकलौटी शासन, जनतालाई बोल्ने/लेख्ने अधिकार, संगठन गर्ने अधिकार, विरोध गर्ने अधिकारसमेत बन्द गर्न खोजिरहेको छ । हामीले कुनै सर्वसत्तावादी सरकार ल्याउनका लागि आन्दोलन गरेको होइन । हामीले स्वतन्त्रताको पक्षमा लडेर ल्याएको व्यवस्था हो यो ।

त्यसैकारण हामीले आज देशव्यापी रुपमा यो प्रजातन्त्रका लागि, कोरोनाबाट मुक्त गराउनका लागि र प्रजातन्त्रका मूलभूत उद्देश्यहरुमा जुन आक्रमण भइरहेको छ, त्यसका लागि हामीले लडाइँ अगाडि बढाइराखेका छौं । अहिले कोरोनाको महामारीका बेलामा हामीले जुन मिटिङ ग¥यौं, जसमा यत्रो संख्यामा आउनुभएकोबाट थाहा हुन्छ कि जनता आज कम्युनिस्टको सरकारबाट वाक्क भइसकेका छन् र मुक्ति चाहन्छन् । त्यसैले हामीले मुक्त पार्नका लागि देशैभरि आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

अर्को कुरा अहिले राजा आऊ, देश बचाऊ भनेर हिँड्दैछन् । यसमा पनि बोल्नुपर्ने मैले आवश्यक ठानेको छु । किन राजा आऊ देश बचाऊ भनिँदैछ ? तपाईहरु एउटा कुरा सुन्नोस् है, राजालाई मैले भनेको थिएँ, सरकार प्रजातन्त्रको खिलाफमा कुनै हालतमा जान्नँ । अरु केके सहयोग गर्नुपर्ने हो तयार छु, तर प्रजातन्त्रको खिलाफमा जान्न भन्दा मलाई थुनेर राख्दियो ।

राजा ज्ञानेन्द्रले जेल हाले पनि निस्पक्ष र हिम्मतदार अदालत थियो, त्यसले मलाई छोड्यो । तर, अहिले त अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजिँदैछ । त्यसकारण निष्पक्ष, स्वतन्त्र न्यायपालिकालाई स्थापित गर्नका लागि पनि हामीले अगाडि बढ्नु छ । अहिले आएर राजाआऊ देश बचाउ भन्दैछन्, यो पनि कम्युनिस्ट सरकारकै कारणले हो । ओली नै राजाँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ? यी कहाँ थिए ? अहिले कहाँबाट आए ? अहिले राजा आऊ देश बचाउन भनेर हिँडिराखेका छन्, यसमा यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ ।

त्यसकारण म स्पष्ट भन्न चाहन्छु यो गणतन्त्र ल्याउने राजा नै हुन्, हामीले ल्याएको होइन । २००७ सालमा भागेर गएका राजा त्रिभुवनलाई हामीले फर्कायौं । तर, तिनीहरुले प्रजातन्त्र सहँदै सहेनन् । त्यसकारण बाध्य भएर गणतन्त्र ल्याएका हौं । अब राजा फर्कने सम्भावना छँदैछैन । तैपनि राजा आऊ देश बचाऊ भनेर कराइराख्या छन्, यो पनि ओलीकै कारणले ।

यस्ता तत्वहरु आज किन अगाडि बढिराखेका छन् भने ओली सरकारको कारणले हो । कसैलाई भ्रम नहोस् । राजा फेरि फर्केर आउनेवाला छैन । यो आन्दोलन भएको ओली सरकारका कारणले हो । ओली सरकारबाट आजित भएर जनता बाध्य भएका हुन सक्छन् । हामी संघीय गणतन्त्रतात्मक शासन व्यवस्थाका पक्षमा छौं । हाम्रो पार्टीबारे कसैलाई पनि शंका नहोस् है ।

गणतन्त्र आइसक्या छ । गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने । ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ । यसमा हामी लागौं । गणतन्त्रलाई स्थापित गराऔं । निस्पक्ष गणतन्त्र, जनतामा जिम्मेवार गणतन्त्रलाई अगाडि लैजाऔं । देश र सम्पूर्ण नेपालीहरु, आदिवासी, दलित, जनजाति सबैलाई अटाएको यो राम्रो व्यवस्था छ । समावेशी व्यवस्था छ ।

त्यसकारण यो व्यवस्थालाई अझ प्रजातान्त्रीकरण गराएर, कम्युनिस्ट शासनबाट मुक्त गराउने यही काममा हामी लागौं । नेपालमा अहिले जुन संविधान छ, यसलाई सुदृढ गरेर सफल पार्ने हो भने यसमा कम्युनिस्टको शासनबाट मुक्त गराउन सकियो भनेदेखि सम्पूर्ण गणतन्त्रतात्मक लोकतान्त्रिक शासन नेपालमा स्थायी हुन्छ । लोकतन्त्र भनेको हामी सुधार हुन सक्ने प्रणाली हो ।

हामीमा केही कमजोरीहरु छन् भने हामी सुधार्छाैं । आजै देखियो नि, यत्रो आमसभा । जनता कहाँ छन्, जनता त कांग्रेससँग छन् । नेपाली कांग्रेस भनेको प्रजातन्त्रको अग्रणी पार्टी हो । त्यसकारण, प्रजातन्त्रमा कुनै पनि अधिकार खोसियो भने हामी आन्दोलन गर्नुपरे आन्दोलन गर्छौं । कम्युनिस्ट सर्वसत्तावादी शासन कुनै हालतमा स्वीकार गरिँदैन ।

अहिले कोरोनाको समस्या छ । म सबै साथीहरुलाई भन्छु, सकेसम्म डिस्ट्यान्स मेन्टेन गर्नोस् । मास्क लगाउनोस् । फाइदै हुन्छ । कोरोना मुक्त गर्न हाम्रो पनि हात छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार