२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

तनहुँमा कांग्रेस : 'सरकारी दमनकाे बिरोधमा विशाल प्रदर्शन, सत्तालाई चुनौती'

सोमवार , मंसिर २९, २०७७

काठमाडौं,  मंसिर । नेपाली कांग्रेसले आह्वान गरेको देशव्यापी प्रदर्शन  विभिन्न जिल्लामा शुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको दमन र सर्वसत्तावादको बिरोधमा नेपाली कांग्रेसले आह्वान गरेको हाे ।

देशमा भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेपछि कांग्रेसले जनताको इच्छा अनुरुप सरकार विरोधी आन्दोलनको अगुवाई गरेकाे हाे ।  हालै पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई नेकपा सरकारले स्थानिय प्रशासन र आफ्ना कार्यकर्ता परिचालन गरेर दुर्व्यवहार गरेको थियो ।

बिना कुनै गल्ती देशको व्यवस्थामाथि नै कम्युनिस्ट सरकारले लात हानेपछि सरकारप्रति रुस्ट रहेको तनहुँ कांग्रेसले आज विशाल प्रदर्शन गरेको हो ।

तनहुँमा नेपाली कांग्रेसको नेतृत्वमा आमजनसमुदायले सरकार विरोधी प्रदर्शन गरेको हो। कांग्रेसले मंसिर २९ गते देशव्यापी सरकारविरोधी आन्दोलन गरिरहेको छ । यसबीच तनहुँमा पनि जनस्तरबाटै नेकपा सरकारविरुद्ध विशाल प्रदर्शन भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार