चितवन, मंसिर । सत्तारुढ दल नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे ।
चितवनको भरतपुर पुगेका गृहमन्त्री थापाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, 'मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउछ र जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गछ ।'
राजावादीहरुको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले थपे, यो उनीहरुको मृगतृष्णा मात्रै हाे । ‘सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन’ गृहमन्त्री थापाले भने ‘नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन दिँदैन ।’,