२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसका महामन्त्री शशांक कोइरालाले भने

हिन्दु राष्ट्रकाे माग : 'जनमत संग्रहबाट स्थापना हुनुपर्छ '

'कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ'

सोमवार , मंसिर २९, २०७७

विराटनगर, मंसिर।  हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह गुर्नपर्ने नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बताएका छन् । सोमबार विराटनगर पुगेका कोइरालाले पत्रकारसँग कुरा गर्दै भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ ।’

राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा भने र्फकने सम्भावना नरहेको उनले बताए । महामन्त्री कोइरालाले पार्टीको आगामी महाधिवेशन फागुनमा हुने सम्भावना नरहेको बताए ।

क्रियाशील सदस्यता टुंगो लगाउने काम पुरा नभएको बताउँदै उनले भने, ‘अहिलेकै अवस्थामा फागुनमा महाधिवेशन हुने सम्भावना छैन ।’

साथै सभापतिमा आफू र शेखर कोइराला मध्ये को उठ्ने भन्ने टुंगो नलागेको बताए ।  पार्टीका नेता र कार्यकर्ताको भावना अनुसार अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार