२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सामान्य प्रशासन मन्त्रालय : "सबै स्थानीयसँग माग्याे चारपाङ्ग्रे गाडीको विवरण "

आइतवार , मंसिर २८, २०७७

काठमाडौं,  मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारलाई उनीहरुसँग भएको चारपाङ्ग्रे गाडीको विस्तृत विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय सरकारलाई पत्राचार गरेको हो । केही समय अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यस विषयमा चासो व्यक्त गरेको थियो ।

मन्त्रालयको परिपत्रमा भनिएको छ,‘प्रधानमन्त्री कार्यालयबाट विभिन्न निकायमा रहेका चारपाङग्रे सवारी साधनहरुको माग भई आएकाले त्यहाँ अन्तर्गत सवारी साधन प्रयोग गर्ने पदाधिकारीहरुको नाम, पद, गाडीको किसिम र सवारी साधनको नम्बर यथाशिघ्र प्रेषित गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार