२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली - देउवा भेट

संवैधानिक परिषद् बैठक राख्ने विषयमा छलफल

आइतबार विहान नौ बजे संवैधानिक परिषद् बैठक डाक्ने सहमति

शुक्रवार , मंसिर २६, २०७७

काठमाडौँ, मङ्सिर  । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न भेटमा आइतबार संवैधानिक परिषदको बैठक बोलाउने र त्यसका तयारीबारे छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता देउवाबीच संवैधानिक परिषद्को बैठक आइतबार राख्ने विषयमा छलफल भएको जनाइएको  थियो । प्रधानमन्त्री ओलीको लामो प्रयासका बाबजुद पनि संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन ।

उहाँका अनुसार, आइतबार विहान नौ बजेका लागि संवैधानिक परिषद्को बैठक डाक्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ ।

भेटघाटमा नेपाली कांग्रेसका नेता रमेश लेखक र उपनेता नेम्वाङको समेत सहभागिता रहेको थियो

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार