काठमाडौं, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ ।
कोरोना भाइरस (कोभि १९)को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा तथा संविधानविरोधी गतिविधिहरुको विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकको शुरुमै प्रधानमन्त्रीले सम्बोधन गरेका छन् ।
बैठकको उद्देश्यबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोडिभ १९ को नियन्त्रण तथा प्राप्त उपलब्धिहरुको सक्षाका सन्दर्भमा पनि सबै राजनीतिक दलको साथ आवश्यक रहेको बताएका छन् ।