२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सर्वदलीय बैठक

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

मंगलबार बिहान ११ बजे बस्ने

सोमवार , मंसिर २२, २०७७

  काठमाडौं, मङ्सिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

भोली मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो।

‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ डा. भट्टराईले भने। यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार