२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको बिबाद अन्यौलतिर 

स्थायी समिति बैठकलाइ ओलीले दिए रत्याैलीकाे संज्ञा : “भने, के ‘रत्यौली’ खेल्न राख्ने ?”

माधव नेपाल कडकिए, भने  : ‘तपाइँलाई अझै ‘रियलाइजेशन’  भएन !’

शनिवार , मंसिर २०, २०७७

 

काठमाडौं, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  आजको सचिवालय बैठकले पनि कुनै  निर्णय दिन सकेन ।  बैठकले अध्यक्षद्धयका प्रतिवेदनबारे निष्कर्ष निकाल्न नसकेपछि  भोलि बस्ने स्थायी समिति बैठकमा लाने निर्णय गर्यो ।  यद्यपी प्रधानमन्त्री के पी शर्मा ओलीले भने स्थायी समिति बैठकमा प्रातवेदन लाने भन्दा स्वीकार गरेनन् । उनले भने, के स्थायी समिति बैठक ‘रत्यौली’ खेल्न राख्ने ? 
 बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले स्थमयी समिति बैठक रत्यौली खेल्न राख्ने ? भनेपछि बरिष्ठ नेता माधवकुमा नेपाल कड्किदै भने, तपाइँलाई अझै ‘रियलाइजेशन’  भएन !, तपाइँको यो दम्भ र  अहंमताले देश कहाँ पुगिसक्यो, सँधै देश र जनतालाई बन्धक बनाएर राख्न हुँदैन, अब निर्णयमा पुग्नुपर्छ, भन्ने धारणा राखेको एक सचिवालय सदस्यले डेमोखबरलाई बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार