२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अर्थ मन्त्रालयकाे निर्देशन : "कोरोना बीमाको भुक्तानी तीन दिन भित्रमा देउ "

बिहिवार , मंसिर १८, २०७७

काठमाडौं, मंसिर । अर्थ मन्त्रालयले कोरोना बीमा भुक्तानी तीन दिनभित्रमा भुक्तानी दिन पुनः ताकेता गरेकाे  छ । मन्त्रालयले आज बीमा समितिलाई उक्त निर्देशन दिएको हो । यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

भेरिफिकेशन गर्न बाँकी दावीको भेरिफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । साथै कोरोना बीमा दावी भूक्तानीका सम्बन्धमा बिभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबारे विवरण पठाउन मन्त्रालयले जारी गरेको ताकेता पत्रमा उल्लेख छ ।

मन्त्रालयले हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विबरण पेण्डिङ रहेको छ र सो को विवरण र समस्या समाधानका लागि समितिबाट के प्रयास भैरहेको भन्नेबारे पनि जानकारी दिन भनिएकोे छ ।

साथै मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु केके हुन यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनु हुन बीमा समितिलाई ताकेता पत्रमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार